बिर्तामोड । 

विश्व वातावरण दिवसको अवसर पारेर होटल ब्यवसायी संघ झापाले बृक्षरोपन तथा सरसफाई गरेको छ । संघले सोमवार (आज) वातारणको दिवसमा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा बृक्षरोपन तथा सरसफाई अभियान सञ्चालन गरेको हो । 

बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सहयोग/संरक्षण तथा संघको आयोजनामा बिभिन्न जातका ४ सय ७० बिरुवा रोपिएको हो भने सरसफाई कार्यक्रम पनि गरिएको हो । 

संघको अगुवाईमा भएको बृक्षरोपन तथा सरसफाई कार्यक्रममा संघकी अध्यक्ष इन्दिरा श्रेष्ठ, अर्जुनधारा वडा नम्बर ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, संघका महासचिब शिव पौडेल, वसपार्क ब्यवस्थापन समितिका अध्यक्ष धनराज योङहाङ, प्रहरी, सामाजिक ब्यक्तित्व, स्थानीयलगायतले बृक्षरोपन तथा सरसफाई गरेका थिए ।