बिराटनगर।

५१ औ बिश्व वातावरण दिवशस अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगरको जेसी बाल सदन माध्यामिक बिद्यालय बिराटनगरको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्रको सहकार्यमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक  राजन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्रको हाता भित्र बिभिन्न जातका फलफुल तथा फुलहरुका बिरुवाहरु रोपिएको थियो ।