झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्कबाट दुई जना र भद्रपुर नगरपालिकाबाट एक जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । । 

अर्जुनधारा–११ बसपार्कको मेमेङ होटल एण्ड लजमा लागूऔषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा आइतवार साँझ अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले उक्त होटलको रुम नम्बर १०१ बाट अर्जुनधारा–१० का ३० बर्षिय बिक्रम लिम्बु र पाँचथरको फिदिम नगरपालिका वडा नं. १ का ३४ बर्षिय मदन मगरलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३६ ग्राम, डिजिटल तराजु थान–१ र नगद २ हजार ५३० रुपैयाँसहित  नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भद्रपुर नगरपालिका वडा नम्बर ७ का ३७ बर्षिय अजित विश्वकर्मालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।  विश्वकर्माको घरमा लागूऔषध ब्राउन सुगर कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले बिश्वकर्मालाई चेकजाँच गर्दा उनले लगाएको कालो रङको कट्टुको कम्मरको भागको ईलास्टिकमा फोल्ड गरी कालो प्लाष्टिकको टुक्रामा पोको बनाई लुकाई छिपाई राखेको ब्राउनसुगर २ ग्राम १२०  मिलिग्राम फेला परेको थियो । 

उनको कोठामा रहेको दराज भित्र खान्तलासी गर्दा लागूऔषध तौल गर्ने डिजिटल तराजु ३ थान र बिभिन्न कम्पनीको मोबाईलहरु १६ थान फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।  साथै उनी पटके र डिलरवाला समेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।