झापा ।

गर्मी बढेसंगै सर्प दंशका बिरामीको संख्यामा बृद्धी भएपछि चारआली जेसिजले शनिबार सर्पदंश सम्बन्धि एक दिवसीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । 

समाजमा विकृति विसंगति न्यूनिकरण तथा जनचेतनामुलक कार्यक्रम गर्दै आएको जेसिजले सर्पदंश सम्बन्धि चेतानामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

सर्पदंश केन्द्र चारआलीको प्राविधि सहयोगमा मेचीनगर १३, साविक दुहागढी २ को नागरिक चौतारामा जनचेतनामुलक प्रयोगात्मक प्रस्तुति गरिएको थियो । 

प्रमुख अतिथि अरिदनम गण चारआली ब्यारेकका सहसेनानी अभिनाश कार्कीले सहजीकरण गरेको कार्यक्रममा जेसिज २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी बिरबहादुर बेघाको विशेष आतिथ्यतामा चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सर्पको टोकाईपछि प्राथमिक उपचार गर्दा अपनाइनुपर्ने महत्वपुर्ण र सावधानी विषयमा सहभागी प्रमुख अतिथिले सहजीकरण गरेका थिए ।

कार्यक्रममा २०१७ का अध्यक्ष धनबहादुर तामाङ, २०१९का अध्यक्ष उत्तमप्रसाद रिमाल, शान्ति प्रावि व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन पौडेल, पूर्वी कृषि सहकारीका बद्री भट्टट्टाईको समन्वय गरेका थिए ।