झापा । 

लागू औषध मुद्दामा फरार रहेको एक जना प्रतिबादीलाई झापाबाट पक्राउ गरिएको छ । झापा जिल्ला अदालतको मिति २०७८/०५/१३ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा फरार रहेका झापाको दमक नगरपालिका वडा नम्बर ११ का २४ बर्षिय रामबाबु साहलाई प्रहरीले फक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरी शुक्रवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।

अदालतको आदेश अनुसार फरार रहेका प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका फरार प्रतिवादीलाई ५ बर्ष कैद तथा सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जनाइएको छ ।