- प्रकाश उप्रेती
झापा ।
१६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सिमा क्षेत्रमा अपराध नियन्त्रण र बन्यजन्तुको आतंक न्यूनीकरणका लागि मेचीनगर÷४ ले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सिमा क्षेत्रमा लुटपाट, चोरी लगायतका अपराधिक र बन्यजन्तु हात्तीको आतंकित गतिविधिलाई नियन्त्रण गर्न नेपाल शसस्त्र प्रहरी, भारतीय प्रहरी एसएसबिसँग सिमा पिल्लरमै पुगेर अन्तरक्रिया गरेको हो । नेपाल–भारत सिमा अवलोकन, हात्तीको उपद्रो, लागू औषध ओसारपसार, चेलीबेटी बेचबिखन, अनाधिकृत बस्तुको ओसारपसार सम्बन्धी छलफल गरेको अध्यक्ष अर्जुन कार्कीले बताए । उनका अनुसार दसगज्जामा नेपाल–भारत सिमा सुरक्षाविच ‘मैत्रीपुर्ण भलिबल प्रतियोगिता’ को आयोजना गर्ने सहमती भएको छ ।
१६ औं गणतन्त्र दिवसको अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल झापा र अनेरास्ववियू (क्रान्तिकारी) झापाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । रगतको बढ्दो मागलाई सम्बोधन गर्न विशेष अवसर पारेर रक्तदान आयोजना गरिएको हो । सहभागी ४० जनाले रक्तदान गरेका थिए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा नारी संचार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, प्रदेश सदस्य अरुण श्रेष्ठ, शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षद्वय कमल कडरिया, छायाँ सिग्देल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल सुवेदी, प्रदेश उपाध्यक्ष मनिषा आचार्य, जिल्ला अध्यक्ष रन्जन धमला, उपाध्यक्ष नवीन सिटौलालगायतले रक्तदान गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले गरेको प्राविधिक पवन थापाले बताए ।
झापाको इट्टाभटामा १५ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
कार्यक्रममा मेचीनगरका आठवटा विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरुले गणतन्त्रको महत्वलाई विभिन्न पाटोबाट उजागरको प्रयास गरेका छन् । प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका छन् ।
यस्तै, कविशिरोमणि माध्यमिक विद्यालयकी उषा निरौला ३० दशमलव ३२ अंकसहित दोस्रो भइन् भने एभरेष्ट माध्यमिक विद्यालयकी सन्ध्या कट्टेल २९ दशमलव ८४ अंकसहित तेस्रो भएकी छिन् ।
प्रतियोगिताको मुख्य निर्णायकको भूमिकामा साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगाना तथा सदस्यहरुमा साहित्यकार भुवन सुब्बा खरेल र सञ्चारकर्मी हरिकृष्ण भण्डारी रहेका थिए । प्रतियोगितामा प्रथम भएका विद्यार्थी नेपालले नगद ३ हजार, दोस्रोले २ हजार र तेस्रो स्थान हासिल गर्नेले नगद १ हजारसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रेस क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा मेचीनगरको आदर्श माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले थिए । उनले मन्तव्यका क्रममा शैक्षिक गतिविधिमा यसखाले प्रतियोगिता सञ्चालन गरिनु राम्रो भएको बताए । उनले शैक्षिक क्षेत्रमा अतिरिक्त क्रियाकलापले प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागी विद्यालयका तर्फबाट बाल सुबोधिनी माविका प्रधानाध्यापक विश्व थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस क्लबका सचिव देबु बानियाँले उद्घाटन सत्रको सञ्चालन र उपाध्यक्ष जीआर धितालले स्वागतसहित प्रतियोगिताको सञ्चालन गरेका थिए ।