झापा । 

ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको मिति २०७३/०६/११ गतेको फैसला अनुसार ज्यान मार्ने उधोग मुद्दामा फरार रहेका झापा गाउँपालिका वडा नं. ३ का ३९ बर्षिय भुपेन भन्ने रुपबहादुर रायलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । 

प्रहरीले फरार प्रतिबादी रायलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।  अदालतको आदेश अनुसार प्रतिबादी रायलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई ५ बर्ष कैद सजाय गरिएको थियो ।