झापा । 

बैकिङ कसुर मुद्दमा फरार रहेको एक जना प्रतिबादीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । उच्च अदालत पाटनको मिति २०७८/११/०९ गतेको फैसला अनुसार बैकिङ कसुर मुद्दामा फरार कचनकवल गाउँपालिका वडा नं.५ का ३४ बर्षिय धर्मनारायण गणेशलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

गणेशलाई तीनदिन कैद सजाय, ७ लाख ५२ हजार जरिवाना र  पिडीत राहत कोषमा ३० हजार ८० रुपैयाँ जम्मा गर्नुपर्ने  प्रहरीले जनाएको छ ।