संखुवासभा।
संखुवासभाको धर्मदेबी नगरपालिका–३ मुढेशनिश्चरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेम्बा शेर्पा रहेका छन् ।
हिजो साँझ मुढेशनिश्चरे स्थितमा रहेको निर्माणाधिन भ्यु टावरको रेलिङ वेल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका शेर्पालाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।


















