झापा । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार बिभिन्न मुद्दामा फरार रहेका पाँच जना प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले सोमवार फरार रहेका ५ जना प्रतिबादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

अदालतको आदेशले जरिवाना रकम मात्र ठहर भएका प्रतिबादीहरुलाई जरिवाना रकम दाखिला गराई छाडिएको र कैद र जरिवाना तोकिएको प्रतिबादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्याल झापाले जनाएको छ ।

झापा जिल्ला अदालतको मिति २०७६/०३/०१ गतेको फैसला अनुसार लागूऔषध गाँजा मुद्दामा १५ दिन कैद भई फरार रहेका गौरीगञ्ज–६ का ६५ बर्षिय झगरु भन्ने बिरबहादुर राजबंशी, अदालतको मिति २०७९/०३/०८ गतेको फैसला अनुसार बन्यजन्तु चोरी मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना भई फरार रहेका कचनकवल–३ का ४२ बर्षिय लुखिराम हस्दा, अदालतको मिति २०७९/०५/१४ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा २ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना भई फरार रहेका मेचीनगर–७ का २१ बर्षिय देबेन्द्र तामाङलाई कैद भुक्तानको लागि झापा कारागार पठाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापा जिल्ला अदालतको मिति २०७८/०७/१४ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा २÷२ हजार रुपैयाँ जरिवाना भई फरार रहेका गौरीगञ्ज–२ का २७ बर्षिय लोकेन्द्रबहादुर खड्का र सोही मुद्दाका फरार गौरीगञ्ज–२ का २४ बर्षिय कमल दाहाललाई जरिवाना रकम दाखिला गरी छोडिएको प्रहरीले जनाएको छ ।