बिर्तामोड । 

नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजीत मुखिया चयन भएका छन् । बिर्तामोड–२ स्थित बालुवाटारमा शनिवार (आज) भएको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

महासंघको उपाध्यक्षमा विष्णु लामिछाने, सचिवमा नरेश खरेल, कोषाध्यक्षमा शरद जोशी, सह–कोषाध्यक्षमा भारती राई रहेका छन् । त्यस्तै सदस्यहरुमा लोकेश ओली, विगम श्रेष्ठ, विष्णुकुल श्रेष्ठ, दिपेन्द्र कटुवाल रहेका छन् । 

नेतृत्व चयनका लागि ज्ञानेन्द्र निरौला संयोजक र पुष्प खड्का र भुमिका सुब्बा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।