मोरङ ।

मोरङको बुढीगंगा गाउँपालिका वडा नंबर ५ मा रहेको राठी मेनु फ्याक्ट्रीमा आगलागीबाट करोडौको क्षति भएको छ ।

शुक्रबार राति २ बजेको समयमा बिधुत सट भई आगलागि  हुँदा अंदाजी २० करोड बराबरको क्षति भएको हो ।

घटनाबारे जनाकारी पाउना साथ तत्काल घटनास्थल तर्फ खटिएको जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी निमुवा, बासबारी, टंकि सिनवारीबाट खटिएको प्रहरी टोलि र बारुण यन्त्र र अन्य ब्यक्तीहरुको सहयोगमा आगलागी बिहान ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।