लक्ष्मीपुर । 

नेपाल फोटो पत्रकार महासंघ झापाको ‘फोटो पत्रकारिता तालिम’सहितको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भएको छ । महासंघको आयाजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा शनिवार (आज) बिर्तामोड–२ स्थित बालुवाटारमा फोटो पत्रकारिता तालिमसहित अधिवेशन गरेको हो । 

महासंघ झापाका अध्यक्ष बिनोद पाण्डेको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।

स्वागत महासंघ झापा सदस्य अमित खम्बुले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, बिर्तामोड–२ का वडाध्यक्ष किशोर पौडेल, नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनज) झापाकी अध्यक्ष भुमिका सुब्वालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सोही तालिम उद्घाटन कार्यक्रमकाबिच महासंघ झापा उपाध्यक्ष नेपाल खेलकूद मञ्च झापाको अध्यक्षमा निर्वाचित इन्द्रजीत मुखिया र हिम्लुङ हिमाल आरोहण गर्ने महासंघका शरद जोशीलाई सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन महासंघका सचिव बिष्णुप्रसाद लामिछानेले गरेका थिए । 

तालिमपछि हुने महासंघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।