झापा।
झापाको मेचीनगर र दमक नगरपालिकाका दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका–५ मा चेक जाँचको क्रममा मे १० प ६९०७ नम्वरको मोटरसाईकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका ५ का २६ बर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ बर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी दमक नगरपालिका ३ का ३२ बर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगरसहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ भने दमक ९ का २२ बर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।