बिराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले मंगलबार (आज) पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । 

कार्यक्रममा बास्तोलाले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध गतिबिधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी निस्तेज, लागूऔषध ओसार–पसार नियन्त्रणमा कडाई तथा सञ्चालनमा रहेका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको बताए । साथै उनले कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुलाई समेत प्रस्ट पापारेका थिए । 

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले प्रहरीद्वारा सम्पादन गरिएका त्रिवर्षिय तुलनात्मक कार्य विवरणको प्रस्तुतिकरण गरेका थिए । जस अनतरगत फरार अपराधी पक्राउ, भन्सार चोरी निकासी नियन्त्रण, नदिजन्य पदार्थको अवैध दोहन कारवाही, अबैध काठ चोरी निकासी नियन्त्रण, हात हतियार पक्राउ, गाँजा फडानी, लागु पदार्थ नियन्त्रण, उत्कृष्ट अनुसन्धान तथा प्रहरी कार्य, भन्सार चोरी निकासी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सचेतनामुलक कार्यक्रम सञ्चालन सम्वन्धिका बिवरणहरु प्रस्तुत गरेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ट उपरीक्षक जयराज सापकोटा लगायत राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, बिशेष सुरक्षा गण दुहबी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ समेतका प्रहरी प्रमुखहरु साथै प्रदेशका बिभिन्न सञ्चार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।