झापा । 

झापाबाट बिभिन्न मुद्दामा फरार रहेका छ जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार बिभिन्न मुद्दामा फरार रहेका छ जना प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

फरार प्रतिवादीहरुमा झापा जिल्ला अदालतको मिति २०७८/०८/२९ गतेको फैसला अनुसार चोरी मुद्दामा ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.६  का २१ बर्षिय मिलन कार्की गत बैशाख २१ गरे पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०७८/०९/१२ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा १ बर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका शिवसताक्षी–११ का ४१ बर्षिय रमेश भन्ने भिम बहादुर कुंवरलाई गत बैशाख २२ गते पक्राउ परेका हुन् । 

झापा जिल्ला अदालतको मिति २०७६/०९/०८ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा ६ महिना कैद  २ हजार रुपैयाँ जरिवाना भई फरार रहेका अर्जुनधारा–४ का  ३६ बर्षिय लाहुरे फणिन्द्र भन्ने फणिन्द्रराज चौधरी बैशाख २३ गते पक्राउ परेका छन् । 

त्यस्तै झापा जिल्ला अदालतको मिति २०७८/१०/२६ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद भई फरार रहेका दमक–७ का ३७ बर्षिय छोटे भन्ने मोहम्मद छोटे अलीलाई बैशाख २३ गते पक्राउ गरिएको जनाइएको छ । 

झापा जिल्ला अदालतको मिति २०७८/०९/२२ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय भई फरार रहेका दमक–३ का ३२ बर्षिय  राज भन्ने राजकुमार राईलाई मिति बैशाख २३ गते पक्राउ गरिएको छ ।

त्यसैगरी झापा जिल्ला अदालतको मिति २०७६/०३/१६ गते फैसला पुनरावेदन परि पुनरावेदन अदालत ईलामबाट मिति २०६८/०६/०९ गतेको फैसला उपरसमेत पुनरावदेन परि सर्वोच्च अदातलतको मिति २०७४/०८/१३ गतेको फैसला अनुसार ठगी मुद्दामा २ बर्ष ६ महिना कैद २ सय ३८ रुपैयाँ एक पैसा जरिवाना भई फरार रहेका बाह्रदशी–९ घर भई हाल बिर्तामोड–१ बस्ने ५४ बर्षिया भिमा बोरा भन्ने भिमादेवि बोहोरालाई मिति बैशाख २४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ गरिएको ६ जनालाई नै आइतवार फैसला कार्यन्वयनको लागि  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । उनीहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।