बिर्तामोड । 

मेची–महाकाली बुहारी संयुक्त आवाज झापाले केन्द्रिय अध्यक्ष र उपाध्यक्षलाई झापामा स्वागत तथा सम्मान गरेको छ । आवाज झापा शाखाले शनिवार (आज) बिर्तामोडस्थित गरामनीमा एक कार्यक्रमकाबिच संस्थाकी केन्द्रिय अध्यक्ष यमु सुब्वा शर्मा र उपाध्यक्ष चन्द्रा काफ्लेलाई स्वागत तथा सम्मान गरेको हो ।

सोही अवसरमा संस्थाका उप–शाखा दमक र भद्रपुरले पनि उनीहरुलाई स्वागत तथा सम्मान गरेको थियो । अध्यक्ष यमु र उपाध्यक्ष चन्द्रालाई दोसल्ला ओढाएर सम्मान–पत्र र मायाको चिनोले सम्मान गरिएको हो । आवाजले सोही कार्यक्रममा संस्थाको आजीवन सदस्यता प्रमाणपत्र बितरणसमेत गरेको थियो । 

mahila

आवाजकी झापा अध्यक्ष सिखा खड्का गणेशको अध्यक्षतामा भएको कार्यक्रमा केन्द्रिय अध्यक्ष यमुको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी झापा कोषाध्यक्ष परु सुवेदीले गरेको कार्यक्रममा प्रमुख अतिथि यमु, आवाजका केन्द्रिय सल्लाहकार सूर्यहरि मरहठ्ठा, दमक उप–शाखाकी सचिव रिना राईलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । 

आवाजकी केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्ले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने सञ्चालन झापा उपाध्यक्ष गंगा भट्टराईले गरेकी थिइन् । 

आवाजको देशभर ५२ जिल्लामा शाखा र १७ हजारवढी बुहारीहरु सदस्य रहेको केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्लेले बताइन् । उनका अनुसार झापाको भद्रपुर र दमकमा उप–शाखासमेत रहेको संस्थाको झापामा मात्रै करिब ५ सय बुहारीहरु संस्थाका सदस्य रहेका छन् । आवाजमा सहभागी बुहारी तथा इच्छुक सदस्यबाट मासिक एक सय रुपैयाँ लिएर बिभिन्न सामाजिक कार्य र समस्यामा परेका बुहारीहरुलाई सहयोग गर्ने गरेको बताइएको छ ।