बिराटनगर।
मोरङको बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको भेन सहित तीन् जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेन चालक बिराटनगर–२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन् ।
बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट परिचालन भएको प्रहरी बरिष्ट नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले शंकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को. २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
उनीहरुले भेनमा लुकाई छिपाई राखेको अवस्थामा र भेनमा सवार रहेका उनीहरुको शरिर खानतलासी गर्ने क्रममा सुन जस्तो देखिने पहेलो धातुबाट बनेका बिभिन्न प्रकारका गरगहनाहरु, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरु र बिभिन्न दरका भारतिया रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैया बरामद गरेको हो ।
बरामद गरिएका निम्न अनुसारका गरगहना, नगद र इको भेन समेत गरी करिव ९० लाख मुल्य बरावरको सामाग्रीहरु आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।