झापा । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार बिबिध मुद्दामा फरार रहेका सात जना प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ बिहीवार फैसला कार्यन्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ । अदालतको आदेशले जरिवाना हुने ६ जना प्रतिबादीहरुलाई जरिवाना दाखीला गराई छाडिएको र ६ महिना कैद सजाय तोकिएको १ जना प्रतिबादीलाई कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत झापाको मिति २०७८/०९/२२ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद तोकी फरार रहेका झापाको दमक नगरपालिका वडा नं.३ का ३४ बर्षिय गणेश राना मगरलाई कारागार कार्यालय झापा पठाइएको छ भने अन्य ६ जनालाई अदालतको आदेशले जरिवाना दाखीला गराई छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

झापा जिल्ला अदालतको मिति २०७७/०९/०६ गतेका फैसला अनुसार चेक अनादर मुद्दामा फरार रहेका भद्रपुर–२ का ५४ बर्षिय अशोककुमार थापा, झापा जिल्ला अदालतको मिति २०७८/१०/२५ गतेको फैसला अनुसार बन पैडावार मुद्दाका फरार हल्दीबारी गाउँपालिका– ५ का २५ बर्षिय  धिरेन लिम्बु भन्ने धिरेन फागो, सोही स्थान र सोही मुद्दाका ३५ बर्षिय  प्रेम राई भन्ने प्रेमबहादुर राई, २० बर्षिय सन्तोष राई, २१ बर्षिय अर्जुन लिम्बु भन्ने अर्जुन सावाँ, ४० बर्षिय  मानक लिम्बु भन्ने मानकुमार फागोलाई तोकिएको जरिवाना दाखिला गराएपछि छाडिएको प्रहरीले जनाएको छ ।