झापा ।
झापाको मेचीनगरबाट भञ्सार छलेर अवैध रुपमा सामान लिएर आउँदै गरेको भारतीय ट्रकसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काली खोला छेउबाट ट्रक र ट्रक चालक भारतको जल्पाईगुढी जिल्ला बुलेट पञ्चायत थाना कर्तली ३८ बर्षिय निरन्जन रायलाई नियन्त्रणमा लिएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको WB73A 4266 नम्बरको भारतिय ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटेर निस्किएको थियो । शंका लागी चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलि ट्रकको क्याबिन, छत र अन्य बिभिन्न ठाउहरुमा समेत लुकाई नेपालतर्फ ल्याउदै गरेको स्मार्ट मोबाइल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र राधे राधे लेखिएको गम्छा कपडा ३ हजार ७८० पिस गरी जम्मा १० लाख ९० हजार १७० रुपैयाँ बराबरको सामानसहित ट्रक रायलाई नियन्णमा लिएको जनाइएको छ ।
१२ लाख रुपैयाँ बराबरको ट्रक समेत सामान गरी जम्मा २२ लाख ९० हजार १७० बराबरको नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।