सुनसरी ।

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेमबहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ ।

२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ती करणी गरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई गत बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।