झापा ।
देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले पहाडी भू–भागको केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।