बिर्तामोड ।

 झापाको बिर्तामोडमा ९० लाख रुपैयाँ मूल्य विद्युतीय कार बिक्री भएको छ । बीवाईडी कम्पनी गाडीको झापाका लागि आधिकारिक बिक्रेता बिर्तामोड–३ को  नटराज अटो प्रालिले उक्त मूल्यको विद्युतीय कार बिक्री गरेको हो । 

सोही क्रममा बिर्तामोड–५ का मनिष धानुकाले बीवाईडीको अट्टो ३ मोडलको गाडी खरीद गरेका हुन् । गाडी खरीदकर्तालाई राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतले शनिवार (आज) गाडीको चाबी हस्तान्तरण गरेका हुन् । 

फूल इलेक्ट्रोनिक अटो उक्त कारको मूल्य ९० लाख रुपैयाँ रहेको सञ्चालक कुसल खतिवाडले जानकारी दिए  । दुई सेगमेन्टमा उपलब्ध अर्को गाडीको मूल्य ६५ लाख रहेको जनाइएको छ । 

गाडी एक पटक चार्ज गर्दा ४२० किलोमिटर कुद्ने सञ्चालक खतिवडाले जानकारी दिए । नटराज अटोमा खतिवडासँगै युवा व्यवसायी विशाल बिमली र विकास बस्नेतको पनि संयुक्त लगानी रहेको छ । हालसम्म विभिन्न मोडलका १२ वटा गाडी बिक्री गरिसकिएको र चाँडै शोरुम उद्घाटन गरिने जनाइएको छ ।