झापा ।
लागूऔषध मुद्दामा करिब ९ बर्ष अघि फरार रहेका एक जना प्रतिबार्दीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नम्बर १० का ३१ बर्षिय शिव कुमार सोरेन रहेका छन् ।
झापा जिल्ला अदालतको मिति २०७१/१२/१९ गतेको फैसला अनुसार लागूऔषध मुद्दाहरुमा फरार रहेका प्रतिबादी सोरेनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।
प्रतिबादी सोरेनलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रतिवादी सोरेनलाई २ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।