झापा ।
ईलाका प्रहरी कार्यालय नकलबन्दाको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरनगरपालिका वडा नं. ५ मा भारतबाट नेपालतर्फ आउँदैं गरेका नुवाकोट तार्केश्वतर गाउँपालिका वडा नं.३ का ३० बर्षिय सविन परियार, सिन्धुली दुधौली नगरपालिका वडा नं. ११ का ३० बर्षिय खड्ग सुनुवार र झापाको मेचीनगर नगरपालिका वडा नं. ५ बद्रीटोल का २३ बर्षिय विक्रम दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शंका लागेर बिहीबार साँझ चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध खैरो हेरोईन ७० ग्राम फेला परेकोले तीनै जनालाई नै नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ ।