• चन्द्र बस्नेत

कनकाई ।

झापाको कनकाई नगरपालिकामा विषादिमुक्त सप्ताह समापन गरिएको छ। जैविक खेती आईपिएम कृषक समुहका अध्यक्ष भिमबहादुर राईको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले उद्घाटन गरेका थिए । 

कनकाई नगरमा कृषकहरुले कसरी आलीबाट थालीसम्म बढीभन्दा बढी विषादिरहित अन्नबाली उत्पादन गर्ने भन्ने उदेश्यका साथ  नगरलाई कृषि बालीमा विषादिमुक्त बनाउनकै लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख  पोख्रेलले जानकारी दिए।

उनले कृषकहरुलाई सुरु सुरुमा उब्जनी कम भएपनी विषादी प्रयोग जीवनका लागि हानिकारक हो भन्ने कुराको हेक्का गरि नगरलाई विषादिमुक्त बनाउन सबै लागि पर्न आवश्यक रहेकोमा जोड दिए।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा विषादि मुक्त गर्नका लागि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताए।

कार्यक्रममा गरमकाली आई पि एम कृषक समुह, जैविक आईपिएम कृषक समुह, परिवर्तन आप्रवासी आईपिएम कृषक समूह, कनकाई आप्रवासी आईपि एम कृषक समुह, माता मन्दिर  आप्रवासी आईपिएम कृषक समुह, पाथीभरा  आप्रवासी आईपिएम कृषक समुह, सृजनशील आप्रवासी आईपिएम कृषक समूह, नव उदय आप्रवासी आईपिएम कृषक समूह लगायत विभिन्न  दश बढी कृषक समुह, वडा न २ प्रताव राई, वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, अन्य जनप्रतिनिधि, विभिन्न संघ÷सस्थाका प्रमुख तथा प्रतिनिधि, पशुपति एकडेमी सुरुङ्गा, हरिकुल नमुना सेकेन्डरी स्कुल, प्यारागन बिद्यालय, मेरिगोल्ड र भृकुटी माध्यमिक बिद्यालय दुर्गापुरका  बिद्यार्थीलगायतको सहभागिता रहेको थियो । 

पछिल्लो समय हरेक बालीमा विषादिको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई विषादिमुक्त बनाउन सप्ताहब्यापी अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिए।

बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा आयोजित कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी विषादिरहित बनाउने बारेमा कृषि क्याम्पस गौरादहका विद्यार्थीहरुबाट सचेतनामुलक नाटक प्रस्तुत गरिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिए । 

कार्यक्रममा रासायनिक विषादि न्यूनीकरणमा विद्यार्थीको भुमिका विषयक वक्तित्वकलाकला प्रतियोगितामा हरिकुल नमुना  विध्यालय कक्षा १० की  विद्यार्थीको नुमा श्रेष्ठ प्रथम,  मेरिगोल्ड   विद्यालय कक्षा १० कि प्रनिशा तिम्सिना  दोश्रो, मेरिगोल्ड  विद्यालय कक्षा १० का आदित्य भण्डारी तेस्रो भएका थिए । सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक  शिवाकोटीले जानकारी दिए।

 बालीमा कसरी विषादिरहित बनाउने बारेमा  सचेतनामुलक नाटक तथा गित समेत प्रस्तुत गरिएको कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिए । कारितास नेपालका प्रादेशिक  प्रबन्धक देवेन्द्र पोख्रेलले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट, कनकाई कृषि शाखाकि अधिकृत प्रियङ्का गौतम,  कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनालले लगायतले शुभकामना राखेका थिए । नगरको कार्यक्रममा जिल्लाभरिका ३ सय बढी कृषकको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कारितास नेपालका कृषि प्राविधिक  कट्टेल र  वरिष्ठ सामाजिक परिचालक शिवाकोटीले संयुक्त रुपमा गरेका थिए ।