झापा ।

झापाको कनकाई सिँचाई आयोजनाको नहरमा डुबेर एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ७ बस्ने ७७ वर्षिय जुल्फे राई रहेका छन् ।

हिजो साँझ ५ बजेको समयमा शिवसताक्षी ६ धौले चोकस्थित कन्काई सिंचाई आयोजनाको नहरमा चौकीदारले साईफनको जाली सफा गर्ने क्रममा शव फेला परेको थियो ।

तत्काल नाम थर वतन नखुलेको शवको पहिचान आज मात्र भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।