झापा । 

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ आपगाछीबाट भारतबाट नेपालतर्फ ल्याइदै गरेको ८८ बोरा मकै प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल आउँदै गरेको मे १ त ७११० नम्बरको ट्याक्टरमा भञ्सार छलेर ल्याइएको ८८ बोरा मकै प्रहरीले नियन्त्रण्मा लिएको हो । 

ईलाका प्रहरी कार्यालय गौरीगञ्ज र प्रहरी चौकी कोरोबारीको प्रहरी गस्ति टोलीले ट्याक्टरलाई रोक्न खोज्दा चालक भागेर फरार भएपछि उक्त गाडीलाई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ९६ हजार ८०० रुपैयाँ बराबरको नियन्त्रणमा लिएको हो । 

नियन्त्रण गरिएको जम्मा ४ लाख ९६ हजार ८०० रुपैयाँ बराबरको ट्याक्टर र मकैलाई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।