झापा ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको मिति २०७७/१२/१० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दाहरुमा फरार रहेका झापाको बुद्धशान्ती गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय ढकबहादुर खवास प्रहरीले पक्राउ गरेको हो ।
खवासलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनमा खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ ।
अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खवासलाई एकदिन कैद सजाय र ३ लाख ४० हजार रुपैयाँ जरिवाना साथै ।पिडित राहत कोषमा १३ हजार ६०० रुपैयाँ क्षेतिपुर्ति भराउनु पर्ने जनाइएको छ ।