सुरुङ्गा ।
बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाको चर्को ब्याजदरका कारण ब्यवसाय धरासायी बन्दै गएको ब्यवसायीहरुले बताएका छन् । कनकाई उद्योग बाणिज्य संघ झापाले सुरुङ्गामा सोमवार (आज) आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थिति ब्यवसायीहरुले बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाको चर्को ब्याजदरसहित जग्गा बर्गीकरणमा ढिलाई भएकाले ब्यवसायीहरु मारमा परेको बताएका हुन् ।
उनीहरुले बैंक, बित्तिय र सहकारीहरु मोटाउँदै गएपनि ब्यवसायीहरु भने धरासायी बनेकाले एकताबद्ध भएर सघर्षका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिए । बैंक तथा बित्तिय संस्थाबाट ७.५ प्रतिशतले ब्याज लिएको ऋणका ब्याजदर हाल १७ प्रतिशतसम्म भएकोले पनि ब्यवसायी धरासायी बनेको उनीहरुको निष्कर्ष छ ।
कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको बिशिष्ठ आतिथ्य रहेको थियो । स्वागत कनकाई उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जनक कार्कीले गरेको कार्यक्रममा
कनकाई नगरपालिका २ का वडाध्यक्ष प्रताप राई, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ६ का वडाध्यक्ष ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, संघका पूर्व अध्यक्ष त्रिलोचन चिमरिया, सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, अन्य जनप्रतिनिधि, सहकारी, बित्तिय, बैंक, राजनीतिकदल, ब्यवसायी संघ÷संस्था, ब्यवसायीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव सरोज सिटौलाले गरेका थिए ।
कार्यक्रममा बैंक, बित्तिय संस्था तथा सहकारीको एकदमै कम मात्रमा उपस्थिति रहेको थियो ।