- रन्जित परियार
बुट्टाबारी ।
इलाम १ स्थायी घर भई अर्जुनधारा–११ देवनिया बस्तीमा भाडाको सामान्य कोठा लिएर बस्दै आएका रसाइली परिवारलाई स्वच्छ समाजका लागि सामाजिक अभियानले सहयोग गरेको छ ।
मातातिर्थ औशी बिहीवार (आज) आमाको मुख हेर्ने दिन आमाको स्वर्ग भएको पाँच दिनको पुन्य तिथिका अवसरमा अभियानले रसाइली परिवारलाई साद्यन्न प्रदान गरेको हो ।
आमाको निधनपछि १३ औं दिनसम्म कसरी सुध्याई कार्य गर्ने बलराम रसाइलीलाई अन्योल छाएको थियो ।अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुंगानासम्म खबर पुगेपछि अभियानका टिमले यो अवस्थालाई सहयोग गर्न आफू लगायत सहगोगी हातहरुलार्इ आह्वान गरेका थिए ।
रसाइली परिवार अर्जुनधारा ११ देवनिया बस्ती भाडामा सामान्य कोठा लिएर बस्दै आएको केही दिन मात्र भएको थियो । आमासहित सानो नानी र श्रीमती गरि चार जना बस्दै आएका थिए । दीर्घ रोगी आमाको उपचार गर्दा गर्दै आफूसँग भएको सम्पूर्ण सम्पत्ति सकिएपछि रसाइली परिवारमा आमाको काचक्रिया गर्न समेत अन्यौल छाएको थियो ।
सामान्य मजदुरी गरी परिवारको जिविको पार्जन गर्दै आएका बलरामले आफ्नो आफन्त पनि नजिक सहयोगी नभएकोले आफू आर्थिक अभावका कारणले आमाको शुद्धशान्ति कार्य गर्न नसक्ने अवस्था रहेको जानकारी गराए । आजै सस्थाद्वारा रसाइली परिवारलाई १५ हजार रुपैयाँ बराबरको चामल, खानेतेल, चना, मटर, आलु, चिनी, घ्यू लगायतसामग्री हस्तान्तरण गरेको हो ।
दाताहरु बिर्तामोडका मुकेश गर्ग, बुटाबारीका कैलाश कन्दङ्गवा, जीवन दर्नाल, सुनिता धिमाल, भुपेन्द्र श्रेष्ठ, सबिता ढुंगानालाई सामाजिक ब्याक्तित्व जगत बहादुर मगर, बि पि कोइराला, मोहनकुमार योगी, यामबहादुर भुलेल लगायतले मानव सेवा नै धर्म हो त्यसका लागि गरेको सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गरेका थिए ।