बिर्तामोड ।
नारी संचार गृह झापाले दुई झापाली महिला पत्रकारलाई पुरस्कृत गरेको छ । झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरि साबित्रा दाहाल र शुष्मा राजवंशीलाई पुरस्कृत गरेको हो ।
नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारबाट पत्रकार साबित्रा दाहाल पुरस्कृत भएकिछ्न । उनलाई नगद एक लाख एक हजार एक सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै युवा पत्रकारीता पुरस्कार शुष्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।