झापा ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले पिकअफ डाडीसहित काठ नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नं.८ दुर्गा मन्दिर टोलमा उत्तरबाट दक्षिण तर्फ सुपाडीको सुकेको पत्ता लिएर आउँदै गरेको मे १ ज ११८० नम्बरको पिकअप गाडीमा अवैध रुपमा लादै गरेको काठ बुधवार (आज) प्रहरीले नियन्त्रणमा लिएको हो ।
शंका लागेर रोक्न खोज्दा चालकले गाडी रोकेर भागी फरार भएकोले उक्त गाडीलाई चेकजाँच गर्दा गाडीमा सखुवा जातको अन्दाजी ४० क्युफिट चिरान काठ फेला परेकोले थियो ।
गाडीसहित काठलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीको लागि डिभीजन वन कार्यालय चन्द्रगढी झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।