हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ को भेलागढी सामुदायिक बन उपभोक्ता समुहले उपभोक्तालाई काठ बिक्री बितरण गरेको छ । 

समुहले आर्थिक बर्ष २०७९/०८० को आन्तरिक बिक्री बितरण अन्तरगत ६३ जना उपभोक्तालाई १० क्यूफिटका दरले ५७७.८६ क्यूफिट काठ बिक्री तथा बितरण गरेको समुहका सचिव खकेन राजवंशीले जानकारी दिए । 

उनका अनुसार जम्मा संकलन गरिएको ७२७ क्यूफिट काठ मध्ये १४९. १४ क्यूफिट आपूर्तिलाई छुट्याइएको छ । उपभोक्ताहरुलाई हालसम्म नपाउने, नयाँ घर निर्माण गर्दै गरेका र समावेशीका आधारण काठ बिक्री बितरण गरिएको सचिव राजवंशीले जानकारी दिएका छन् । 

९१.३४ हेक्टरमा फैलिएको उक्त बन समुहमा एक हजार ५ सय ३४ घरपरिवार सदस्य रहेको समुहका अध्यक्ष पुन्यप्रसाद लम्सालले जानकारी दिए । उक्त बन २०५३ सालदेखि समुदायमा हस्तान्तरण भएको जनाइएको छ ।