झापा ।
सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरस्थित मुसहरटोलमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय वासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो भएको आगलागीबाट घर जलेर नष्ट भएपछि आठ घरका ३४ परिवार विस्थापित भएको जनाइएको छ । हरेराम सदाका चार, शिवनारायण सदाका पाँच, जगदीश सदाका छ, दिनेश सदाका तीन, सुनिता सदाका तीन, चन्द्रदेव सदाका तीन, बेचन सदाका छ र सुरज सदा चार सदस्यीय परिवार आगलागीबाट विस्थापित भएका छन्।
उनीहरूलाई तत्कालका लागि त्रिपाल र चिउराको व्यवस्था गरेको नेकपा एमाले कोशी गाउँ कमिटीका अध्यक्ष रामखेलन साहले जानकारी दिएका छन् ।