बिराटनगर।

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर तथा औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर–१५ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१९प ६५९० नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका तुम्बेवा  पाँचथरका ३० बर्षीय भानु लावतीलाई ६५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने बिशेष सुचानाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उर्लाबारी–३ का २७ बर्षीय सनम लिम्बुलाई प्रतिबन्धित औषधी ट्रमाडोल र स्पास्पेन गरी ३ सय १० क्याप्सुल सहित उनकै घरबाट पक्राउ गरेको हो ।

त्यसैगरी लागू औषध बिक्रिबितरण भईरहेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१४ सुनसरीका  ४३ बर्षीय कुमार बस्नेत, उनको ३६ बर्षीया श्रीमती बिमला बस्नेत र १८ बर्षका छोरा  दिपेश बस्नेत समेतलाई  ४ ग्राम ब्राउन सुगर र नाईट्रोजेपाम ५५ ट्याब्लेटसहित घर बाटै पक्राउ गरेको हो ।

प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।