हल्दिबारी ।
झापा हल्दिबारीको जलथल खानेपानीको नयाँ नेतृत्वका लागि कार्य समितिको मनोनयन दर्ता सम्पन्न भएको छ। नौ सदस्य कार्य समितिका लागि चुनाबी प्रक्रिया शुरू भएको हो। हल्दिबारी गाउँपालिका वडा नम्बर ३, ४ र ५ कार्यक्षेत्र रहेको जलथल खानेपानी संस्था हो। त्यस अन्तरगर्त वडा नम्बर ५ बाट सर्वसम्मत रूपमा टिकाराम सुवेदी, भानुभक्त प्रसाई र महिला सदस्यमा कोपिला शिलवाल चयन भईसकेका छन् ।
त्यस्तै वडा नम्बर ३ बाट सर्वसम्मत रूपमा खुल्ला महिला सदस्यमा सीता बिष्ट चयन भईसकेकी छन्। तीनबाट अर्का एक सदस्य पदमा कमल प्रसाद ओली र अवि नारायण आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
३ मा पनि कमल वली सर्वसम्मत गराउन कोसिस भईरहेको अभिषेक खतिवडाले जानकारी दिए। उनले भने चुनाब खर्च बचाउन र आम उपभोक्ताहरूलाई निर्वाचनको दुःख सास्तीबाट छुट्करा दिन पनि कमल ओलीलाई सर्वसम्मत गराउन कोसिस गरिएको बताए। वडा नम्बर ४ मा चार जना सदस्यका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता गर्नेहरूमा नवराज खरेल, कृष्णप्रसाद प्रसाई, पवित्रा मेचे, धर्म प्रसाई काफ्ले, केदारप्रसाद उप्रेती, सागर भट्टराई, दुर्गादेबी प्रसाई, जीवनकुमार अधिकारी र सावित्रा बाह्कोटीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य देवीप्रसाद ओलिले जानकारी दिएका छन् । निर्वाचन बैशाख ११ गते हुँदैछ ।