हल्दीबारी । 

जलथल खानेपानीको नयाँ नेतृत्वका लागि कार्य समितिको निर्वाचन तालिका सार्वजनिक भएको छ। कार्य तालिका अनुसार आइतवार (आज)  मतदाता नामावली प्रकाशन ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ  भने चुनाबको मिति बैशाख ११ गते सोमवार तोकिएको निर्वाचन समितिका सदस्य देबि ओलीले जानकारी दिए।

आर्थिक रूपमा भर्खरै बामे सर्दै गरेको समिति अहिलेको अबस्थामा चुनाबमा जानू खर्चिलो र व्यवहारिक नभएको स्थानीय सिताराम खरेल बताउँछन् ।चुनाब गराउदा ७÷८लाख खर्च हुने र सर्वसम्मत नेतृत्व चयन गर्न सकेको खण्डमा संस्था बोझको भारबाट बचाउनु पर्ने उनको भनाई छ।

वर्तमान अबस्थामा जलथल खानेपानीको नेतृत्व तेति सहज र सरल भने छैन किनभने समय अनुसार अत्यावश्यक ठाउँमा समेत विधान संसोधन गरिएको छैन संस्थाको हाल विधानमा ठाउँठाउँमा श्री ५ को सरकार भन्ने शब्द भेटिन्छ।

२०६२/०६३ को जनआन्दोलनपछि पुनस्स्थापित प्रतिनिधिसभाले श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय गरेको थियो । पुनःस्थापित संसद्को २०६३ जेठ ४ गतेको बैठकले नेपाल सरकार लेख्ने निर्णय गरेको हो । 

यतिका समय बित्दा पनि कार्य समितिले विनियममा , आबश्यक संसोधन गरेको छैन । नियमहरू वनाएर लागू गराउन सकेको छैन। हालसम्मको कार्यकालमा वासको पानीको उचित ब्यबस्थापन गर्न नसक्नु, संस्थाले राख्नुपर्ने आवश्यक खाता किताब माईन्युट, सम्झौता पत्र जस्तो महत्त्वपूर्ण कागजात राखिएको छैन । विनियम बमोजिम वार्षिक रूपमा सदस्यता नविकरणको काम गरिएकै छैन।

लामोसमय सम्म खानेपानीको नेतृत्वको जिम्मेवारी ठाउँमा बसेका पदाधिकारीले जिम्मेवार, जवाफदेही, सेवा प्रवाहमा पारदर्शिता अपनाउन नसकेको आरोप स्थानीय उपभोक्ताको छ। समितिको कार्य प्रवृति र कार्यशैली माथि वारम्वार प्रश्न उठ्ने गरेको छ । तेतिमात्र होईन एउटा मात्र बोरिङ्ग छ। अर्को बोरिङ्ग तत्कालै गर्नुपर्ने काम रहेको छ।

प्रेसरपम्प मिसिन बिग्रेरहन्छ त्यसलाई नि नया थप्नु पर्ने छ। ट्याङ्की पनि ठाँउ ठाँउबाट तप्प तप्प चुहिने भएको छ त्यसको मर्मत सम्भार त्यसको रंग रोकन गर्नुपर्ने देखिन्छ । पाईप बिस्तार त गर्नु छदैछ, खानेपानीलाई गुणात्मक सुधार, गर्दै समय सापेक्ष बनाएर अगाडि बढाउन असल र सक्षम नेतृत्व आवश्यक छ।