झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउदैं गरेका पैदल यात्री मेचीनगर नगरपालिका वडा नं.८ का २७ बर्षिय अजय मेचे र सोही स्थानका २८ बर्षिय श्यामबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा अजय मेचेको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन २ ग्राम फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
नियन्त्रणमा रहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भईरेहको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।