लक्ष्मीपुर ।
झापाको कनकाई नगरपालिकाले आदिवासी समुदायको सिरुवा पर्वको अवसर पारेर बैशाख ३ गते स्थानीय बिदा दिएको छ । कनकाई नगरपालिकामा राजवंशी समुदायको समेत बाहुल्यता रहेकोले प्रत्येक बर्ष उक्त समुदायले मनाउने सिरुवा पर्वमा नगरमा स्थानीय विदा दिदैं आएको थियो ।
सोही अनुरुप यस बर्ष पनि सिरुवा पर्वको अवसरमा कनकाई नगरले स्थानीय बिदा दिएको नगर प्रमुख राजेन्द्रकुमार पाखेरेलले जानकारी दिए । गत चैत १९ गते कार्यपालिकाको २१ औं बैठकको निर्णयानुसार यसवर्ष पनि सिरुवा पर्वको अवसरमा स्थानीय बिदालाई निरन्तरता दिएको नगरका कर्मचारी बिजय पाठकले बताए ।
समुदायको बिदा माग निवेदन अनुसार आगामी बैशाख ३ गते आईतबारका दिन नगर कार्यपालिका तथा वडा कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय भएको प्रशासकीय अधिकृत बिबेक भण्डारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
नगरद्धारा जारी सूचनामा भनिएको ‘बैशाख ३ गते अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने हुँदा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’