बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियान झापाको आयोजनामा शारीरिक अपाङ्गता भएकालाई व्हीलचियर प्रदान गरेको छ । भद्रपुर १ पृथ्वीनगरका सुरेशकुमार कुर्मीलाई बिभूति सर्जिकल एण्ड केमिकल सप्लायर्सका संचालक मार्बिन देवानले १५ हजार रुपैयाँ बराबर मुल्यको व्हीलचियर प्रदान गरेका हुन् ।
त्यसै क्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले आफ्नो जन्मदिनको उपलक्ष्यमा झापा नेत्रहिन बिर्तामोडकि अध्यक्ष सिर्जना बराललाई २० थान झुल हस्तान्तरण गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका ब्याक्तिहरुलाई सस्थाले सहयोग गरेकोमा सस्था र दाताहरुलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा न ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवाले धन्यवाद व्यक्त गरेका थिए ।
अतिथिहरु सस्थाका महासचिव मोहनकुमार योगी, लेखा प्रमुख बुद्धिलाल चौधरी, सल्लाहकार जगतबहादुर मगर, सन्चारकर्मी रन्जित परियार, सल्लाहकार गंगाप्रसाद मैनाली बोल प्रसाद कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अभियानका अध्यक्ष सामाजिक अभियन्ता गणेश ढुङ्गानाको अध्यक्षता र सहजीकरण सचिव अभिचन्द्र बास्कोटाले गरेका थिए ।