झापा । 

१० बर्ष अघि बहुबिबाह मुद्दामा फरार रहेका दुई जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नम्बर १० का ३७ बर्षिय मोहन सम्शेर योङहाङ र सोही स्थानकी २७ बर्षिया पुजन सेलिङ अधिकारी रहेका छन् । 

झापा जिल्ला अदालतको मिति २०७९/०३/२० गतेको फैसला अनुसार बहु–बिवाह मुद्दामा फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो । 

सोमवार पक्राउ गरिएका उनीहरुलाई मंगलबार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।  अदालतको आदेश अनुसार उनीहरु दुवैलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

योङहाङलाई २५ हजार रुपैयाँ जरिवाना र एकबर्ष ५ महिना कैद तथा सजाय र अधिकारीलाई १५ हजार रुपैयाँ जरिवाना र एक बर्ष एक महिना कैद तथा सजाय तोकिएको छ ।