बिर्तामोड ।
मावन बेचविखन, ओसार पसार विरुद्ध काम गर्दै आएको एबिसी नेपाल झापाको अध्यक्षमा कञ्चना ढकाल सिटौला निर्वाचित भएकी छन् । संस्थाको शुक्रबार सम्पन्न साधारणसभा तथा अधिवेशनले सिटौलालाई पुनःदोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रेखा अधिकारी, सचिबमा देबका निरौला बस्नेत, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्ष इन्दिरा न्यौपाने चापागाईं चयन भएका छन् । साधारणसभाले यसअघि संस्थाको नेतृत्व गरेकी सिटौलाको समितिमा रहेका पदाधिकारीलाई पनि पुनः सोही जिम्मेवारीमा चयन सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा सदस्य ज्योति न्यौपाने, संगिता रौनियार, रिता कोईराला, नम्रता रिजाल, उर्मिला खरेल र शुष्मा पौडेल रहेका छन् । त्यस्तै संघीय सांसद हर्कमाया विकलाई सल्लाहकारमा चयन गरिएको अध्यक्ष सिटौलाले जानकारी दिइन् । बिर्तामोड नगरपालिका वडा नं। ५ निवासी विक यसअघि संस्थाको सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।