- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित देवकोटा जेष्ठ नागरिक समुहको आयोजनामा आगामी बैशाख २६ गते चन्द्रगढी छेउको देउनिया बिश्रान्ती घाटमा धार्मिक अनुष्ठान गरिने भएको छ ।
देउनिया बिश्रान्ती घाटको शुद्धिशान्तिका लागि गुरुहरुद्वारा पाठ पारायणको कार्यक्रम आयोजना गरिएको देवकोटा जेष्ठ नागरिक समुह अध्यक्ष खड्गकृष्ण भट्टराइले बताए।
उक्त एक दिवसीय धार्मिक अनुष्ठान सम्पन्न गर्न प्रदेश सांसद गोपाल तामाङको उपस्थितिमा भद्रपुर ९ को मुना सामुदायिक भवनमा आज (शनिबार) सम्पन्न भेलाले आर्थिक सङ्कलन समिति, सल्लाहकार समिति, प्रचार प्रसार समिति, युवा परिचालन समिति लगायतका १४ वटा उप–समिति गठन गरेको छ ।