लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को बिहीबारे बजार समितिले बिभिन्न निर्णय गरेको छ । बिहीबारे बजारको सामुदायिक भवनमा शनिवार (आज) भएको समिति र बजार क्षेत्रमा बसोबास गर्ने स्थानीयको भेलाले बजारमा बसोबास गर्ने र बजार ब्यवस्थापन सम्बन्धि बिभिन्न निर्णय गरेको हो । 

भेलाले बर्षौदेखि बजार क्षेत्रमा बसोबास गर्नेले आफुले निर्माण गरेको संरचना बजार उप–समितिको समन्वयमा बिक्री वितरण गर्ने, भिट्टाकरको रसिद परिवर्तन गर्ने, भिट्टाकरबृद्धि गर्ने, बजार क्षेत्रभित्र पक्की संरचना निर्माण सम्बन्धमा बिद्यालयसँग छलफल गर्ने, बजार क्षेत्रमा फोहोरमैला ब्यवस्थापन गर्नेलगायतका बिषयमा निर्णय गरेको छ । 

भिट्टाकरबृद्धि सम्बन्धमा भेलालले आगामी बर्ष २०८० देखि एक भिट्टा बराबर बार्षिक ५० रुपैयाँ बृद्धि गर्ने बजार उप–समिति र स्थानीयबिच सहमती भएको छ । 

बजार ब्यवस्थापन उप–समितिका अध्यक्ष छबिलाल लम्सालको अध्यक्षतामा भएको भेलाले बजार ब्यवस्थापन सम्बन्धि उक्त निर्णय गरेको सचिव पुष्प भट्टराईले जानकारी दिए ।