मोरङ ।

मोरङको रतुवामाई नगरपालिका–१० स्थित सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना.१ ख ६१६० नम्वरको टि«पर र बिपरित दिशाबाट आउँदै गरेको को.१ त ६५२५ नम्बरको ट्रयाक्टर एक आपसमा ठक्किएर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रतुवामाई–४ का ४५ बर्षीय भुषणलाल चौधरीको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।