मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–७ बाट मोटरसाईकल चोरीमा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  देवान्गजन गाउँपालिका–३ सुनसरीका १८ बर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुरका २५ बर्षीय सुशिलकुमार यादन र भारत पोसदाह पंचायतका २५ बर्षीय शौरभ कुमार यादव रहेका छन्।

गत फाल्गुन १० गते बिराटनगर–७ स्थित सडक साईडमा पार्किङ गरी राखेको बेलबारी–४ का बमबहादुर खवासको नाममा रहेको को.२५ प १९४५ नम्वरको मोटरसाईकल चोरी गरी भारतीय नम्बर BR35802  लेखी चलाउदै गरेको अवस्थामा साथै आवश्यक कागजात नभएका BR38Q8656 र  BR38T0021नम्बरको भारतीय नम्बर प्लेट भएका मोटरसाईकल सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकलसहित पक्राउ परेका तीनै जनाको मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।