हल्दीबारी । 

जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको  बसेको बैठकको निर्णय अनुसार संस्थाको तेस्रो साधारण सभा दोस्रो अधिवेशनको खुल्ला सत्र समापन भई बन्द सत्रमा गणपुरक संख्या पुरा नभई लामो समयदेखि स्थगित रहेको पदाधिकारी चयन चैत २५ गते शनिबारका दिन खानेपानीको कार्यालय जलथल हुने संस्थाका अध्यक्ष नवराज खरेलले जानकारी दिएका छन्।

उल्लेखनीय उपस्थितमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नुपर्ने छ । जलथल खानेपानीलाई अझै पनि निकै चुनौति रहेको उनको दाबि छ ।जग्गा पास, पम्प जडान ,पाईप बिस्तार, गुणस्तरीय खानेपानी उपभोक्ताको धारा सम्म पुर्याउन चुनौती रहेका छन् । यसका निमित्त असल नियतको सक्षम नेतृत्वको जरुरी भएको भएकाले उपभोक्ताले समेत सहभागी हुन अनुरोध समेत गरेका छन्।

करिब १७ सय सदस्य रहेको जलथल खानेपानी तथा सरसफार्इ उभोक्ता समितिमा  १३५० परिवारले खानेपानी जोडिसकेको समितिले जनाएको छ ।