हल्दीबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ स्थित पाथिभरा कालिका वन समूहको वन क्षेत्रभित्र तस्करहरुले अवैध रुपमा कटान गरेको अवस्थामा २ थान साखु जातका  गोलिया फेला परेको छ । 

पछिल्लो समयमा तस्करहरूको अबैध रुपमा काठ चोरी तथा सिकारी बढेको खबर बाहिरिएको थियो । मंगलबार  समुहका पदाधिकारी, सदस्य एवंम् उपभोक्ताहरुको सहयोगमा पाथिभरा कालिकासामुदायिक बनको घाटगद्धिमा ल्याई गोलिया सुरक्षित गरिएको वन समुहका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । 

समुदायलाई एकीकृत बनाएर उनीहरुमा सामुहिक भावनाको विकास गरी समुदाय आफैले, आफ्ना लागि, आफै नियम कानुन बनाई सो को परिपालना गर्ने र वन संरक्षण, सम्बर्द्धन एवंम् व्यवस्थापनको माध्यमबाट जैविक विविधताको सुरक्षा गर्दै समुदायको जीवनस्तर उकास्नु सामुदायिक वनको उदेश्य रहेको अध्यक्ष पोर्तेल बताए । 

‘आम नागरिकहरुले सामुदायिक वनको मर्म र भावना बुझेर वनजंगल म र मेरा भावि सन्ततिका लागि हो’ अध्यक्ष पोर्तेलले भने  ‘यसलाई जोगाउन मेरो भुमिका हुनु पर्छ भन्ने महसुसिकरण नहुँदासम्म वनमा हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न सकिदैन ।’