अर्जुनधारा ।
ताप्लेजुङ–झापा सरोकार समाज झापाको अर्जुनधारा नगर समिति गठन भएको छ ।ताप्लेजुङ–झापा सरोकार समाज झापाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षता तथा कमल गुरागाँईको प्रमुख आतिथ्यमा अर्जुनधारा–७ निवासी भिमचन्द्र भट्टराईको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षद्वयमा सूर्यकुमार अधिकारी र इन्द्रकुमारी विश्वकर्मा, सचिवमा यज्ञ सिटौला, सहसचिवमा सर्वजित पौडेल र कोषाध्यक्षमा राजेन्द्र निरौला चयन भएको निर्वाचन समिति संयोजक डिआर कडरियाले बताए ।
समितिका सदस्यहरुमा खेमनाथ पौडेल, देवी कार्की, लीलाराज पौडेल, धर्म बराल, टिकाराम चिमरिया, सिता बस्नेत महतारा, सिता भट्टराई बराल, भोलानाथ पौडेल, प्रकाश खतिवडा, राजकुमार गौतम, चन्द्रकुमार पौडेल र सिता ओली रहेको निर्वाचन समिति सदस्य रेजिना गौतमले जानकारी दिइन् ।
२१ सदस्यीय नगर समितिमा बाँकी तीन सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने बताइएको छ । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन जिल्ला समिति सचिव उमानाथ प्याकुरेलले गरेका थिए भने समापन शत्रको सञ्चालन निर्वाचन समिति सदस्य भरत भट्टराईले गरेका थिए ।